काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले देश र जनताको निम्ति फेरि एउटा नयाँ आन्दोलनको तयारी भइरहेको बताउनुभएको छ ।
जनसांस्कृतिक महासंघ नेपालको राष्ट्रिय सम्मेलनलाई आज काठमाडौंमा उद्घाटन गर्दै उहाँले समाजवादी मोर्चा गठन र बाम ध्रुवीकरणको पहल पनि आन्दोलन र समाजवादको आधार तयारीकै लागि भएको बताउनुभयो ।
षडयन्त्र र चुनौती चिरेर वामपन्थी एकताकै बाटोमा अघि बढ्नुपर्ने प्रधानमन्त्री दाहालको भनाइ छ ।