रास्वपाद्वारा संविधान परिमार्जन सुझाव कार्यदल गठन

पुस २१, २०८१ |कान्तिपुर टीभी संवाददाता
रास्वपाद्वारा संविधान परिमार्जन सुझाव कार्यदल गठन

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले संविधान परिमार्जन सुझाव कार्यदल गठन गरेको छ । शनिबारदेखि जारी केन्द्रीय समिति बैठकले संविधानमा आवश्यक संशोधनको सन्दर्भलाई मध्यनजर गर्दै प्रमुख सचेतक सन्तोष परियारको संयोजकत्वमा ‘कार्यदल गठन गर्ने निर्णय गरेको हो ।

कार्यदलमा क्रान्तिशिखा धिताल, नन्दन यादव, गणेश कार्की, सोविता गौतम, असीम शाह, तोसिमा कार्की, अच्युतम लामिछाने र मेघ आले सदस्य रहनुभएको छ ।

कार्यदलले सातै प्रदेशमा र संविधानविद्‍ तथा साझेदारहरूसँग पनि आवश्यक छलफल गरेर दलको तर्फबाट सार्वजनिक धाराणा बनाउने कार्यवाहक प्रवक्ता मनीष झाले जानकारी दिनुभयो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement