‘देशका गोप्य सूचना बेच्ने सांसदलाई चाहिँ गृहमन्त्रीले किन गिरफ्तार नगरेको ?’

जेष्ठ १०, २०८१ |कान्तिपुर टीभी संवाददाता
‘देशका गोप्य सूचना बेच्ने सांसदलाई चाहिँ गृहमन्त्रीले किन गिरफ्तार नगरेको ?’

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले सांसदले विदेशीलाई देशका गोप्य सूचना बेच्छन् भन्ने संसदमा बोलेको अभिव्यक्ति संसद् रेकर्डबाट हटाउन माग गर्नुभएको छ । 

बिहीबार नेपाल विद्यार्थी संघ झापा-काठमाडौं सम्पर्क मञ्चको कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले गृहमन्त्री रवि लामिछानेलाई निर्दोष भन्ने अधिकार प्रधानमन्त्रीलाई नभएको पनि बताउनुभएको छ ।

 ‘संसद्‍मा उभिएर गृहमन्त्रीले विदेशीलाई देशका सूचना बेच्ने मान्छे पनि संसदमा छन् भन्नुभयो, त्यो भन्न पाइँदैन’, उहाँले भन्नु भयो, ‘सभामुखलाई सोध्छु म, तपाईँ विदेशीलाई सूचना बेचिन्छ, सांसदबाट भन्ने कुरा संसदमा बोल्न पाइन्छ भन्ने कुरामा सहमत हो ? यदि होइन भने किन रेकर्डबाट हटाउनु हुन्न ? सहमत हो भने गृहमन्त्रीलाई किन सोध्नुहुन्न, को हुन् तिनलाई गिरफ्तार गर ।’

महामन्त्री विश्वप्रकाश शर्माले भ्रष्टाचारका फाइल खोल्ने कुरा मात्रै नभई २०४६ सालपछिका सबै उच्च पदस्थ व्यक्तिहरूको फाइल खोलेर कारबाही गर्न आग्रह गर्नुभयो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.