ईपीजीको प्रतिवेदन बुझ्न दुई देशबीच समझदारीको पहल भइरहेको छ : प्रधानमन्त्री दाहाल

असार ११, २०८१ |कान्तिपुर टीभी संवाददाता
ईपीजीको प्रतिवेदन बुझ्न दुई देशबीच समझदारीको पहल भइरहेको छ : प्रधानमन्त्री दाहाल

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले नेपाल-भारत प्रबुद्ध व्यक्ति समूह (ईपीजी) को प्रतिवेदन बुझ्ने विषयमा दुई देशबीच समझदारी बनाउन पहल भइरहेको बताउनुभएको छ ।

प्रतिनिधिसभामा विनियोजन विधेयकको परराष्ट्र मन्त्रालयअन्तर्गतको छलफलमा सांसदहरुले उठाएका प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री दाहालले आफ्नो भारत भ्रमणका क्रममा समेत ईपीजी प्रतिवेदन बुझ्नेबारे छलफल भएको बताउनुभएको हो । उहाँले नेपाल-भारतबीच देखिएका सीमा विवाददेखि सन्धि-सम्झौता कार्यान्वयनसम्मका विषय सहमतिकै आधारमा अगाडि बढ्ने जानकारी दिनुभयो ।

सांसदहरुले नेपालको नक्सामा भएको भूमि फिर्ता ल्याउने र रुसमा फसेका नेपालीलाई फिर्ताका विषयमा सरकारले के गरिरहेको छ भन्दै प्रश्न गरेका थिए । त्यस्तै सांसदहरुले दलीय भागबन्डाका आधारमा राजदूत नियुक्तिको सिफारिस गरिएकोमा प्रश्न उठाएका थिए । जवाफमा प्रधानमन्त्री दाहालले रुसी दूतावासमार्फत रुसमा अलपत्र नेपालीलाई फिर्ता गराउने काम भइरहेको र आफूले पनि पहल गरिररहेको जानकारी दिनुभयो ।

प्रधानमन्त्री दाहालले अहिलेको बजेट निर्माण प्रक्रिया आफूले सोचेजस्तो नभए पनि सुधारको प्रयास जारी राखेको बताउनुभयो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement