विभाजित जसपाका दुवै पक्षलाई छलफलमा बोलायो सर्वोच्चले

जेष्ठ २, २०८१ |कान्तिपुर टीभी संवाददाता
विभाजित जसपाका दुवै पक्षलाई छलफलमा बोलायो सर्वोच्चले

काठमाडौं । सर्वोच्च अदालतले जनता समाजवादी पार्टीको दल दर्ताविरुद्धको रिटमा अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ । समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले दायर गरेको रिटमा सर्वोच्चका न्यायाधीश विनोद शर्माको इजलासले जेठ ८ गते दुवै पक्षलाई छलफलमा उपस्थित हुन आदेश गरेको छ ।

सर्वोच्चले गत बैशाख २४ गतेको निर्वाचन आयोगको बैठकमा भएका निर्णय कार्यान्वयन हुन बाँकी विषयहरुलाई यथावस्थामा राख्न आदेश दिएको छ । यसैगरी सर्वोच्चले निवेदकको माग बमोजिम किन आदेश जारी हुनु नपर्ने हो भन्दै निर्वाचन आयोग तथा अन्य विपक्षीहरुलाई कारण देखाउ आदेश समेत जारी गरेको छ ।

जसपा नेपाल अध्यक्ष यादवले अशोक राइ नेतृत्वको जसपा दर्ता गर्ने निर्वाचन आयोगको निर्णय बदर गर्न माग गर्दै सर्वोच्चमा रिट दायर गर्नु भएको थियो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.