बागमती प्रदेशका मुख्यमन्त्री जम्कट्टेलले पाए तेस्रोपटक विश्वासको मत

चैत्र १९, २०८० |कान्तिपुर टीभी संवाददाता
बागमती प्रदेशका मुख्यमन्त्री जम्कट्टेलले पाए तेस्रोपटक विश्वासको मत

हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले तेस्रो पटक प्रदेशसभाबाट विश्वासको मत पाएका छन् । सोमबार प्रदेशसभाको बैठकमा मुख्यमन्त्री जम्कट्टेलको पक्षमा ५६ जना सासंदहरुले मतदान गरेका हुन् । नेकपा माओवादी केन्द्रका २१, नेकपा एमालेका २७, नेकपा एकीकृत समाजवादीका ७ र हाम्रो नेपाली पार्टीका एक जना सासंदहरुले मुख्यमन्त्री जम्कटेलको पक्षमा मतदान गरेका छन् ।

यस्तै मुख्यमन्त्री जम्कटेलको विपक्षमा कांग्रेसका ३७ जना सासंदहरूले मतदान गरे । सभामुखबाहेक १२ जना सासंद रहेको राप्रपा र ३ जना सासंद रहेको नेमकिपा तटस्थ बसेको थियो । सोमबारको बैठकमा एक सय १० जना सासंदहरूमध्ये सभामुखसहित एक सय ९ जना सासंदहरू उपस्थित थिए ।

 हाम्रो नेपाली पार्टिकी सासंद सरिता खड्की अनुपस्थित भइन् । मुख्यमन्त्री जम्कट्टेलले यसअघि २०७९ माघ ३ र २०७९ चैत्र १० गते प्रदेशसभाबाट विश्वासको मत पाएका थिए ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.