माओवादी केन्द्रमा सत्ता साझेदार नेपाली कांग्रेसको चर्को आलोचना

सांसद सापकोटाले गरे राष्ट्रिय सहमतिको सर्वदलीय सरकार गठनको माग
फाल्गुन १५, २०८० |कान्तिपुर टीभी संवाददाता
माओवादी केन्द्रमा सत्ता साझेदार नेपाली कांग्रेसको चर्को आलोचना

काठमाडौं । माओवादी केन्द्रका प्रमुख नेताहरुले सत्ता साझेदार नेपाली कांग्रेसको कार्यशैलीको चर्को आलोचना गरेका छन् । त्यति मात्रै हैन, मा‌ओवादीकै कतिपय नेताले राष्ट्रिय सहमतिको सर्वदलीय सरकारको कुरासमेत गर्न थालेका छन् ।

आज बसेको माओवादी स्थायी समितिमा नेताहरुले कांग्रेस महासमितिका प्रतिवेदनमाथि टिप्पणी गर्दै प्रष्ट जवाफ माग्न प्रधानमन्त्री तथा पार्टी अध्यक्ष पुष्पकमल दाहाललाई सुझाव दिएका हुन् । राष्ट्रिय सभाको अध्यक्ष दाबी नछाड्न पनि नेताहरुले दबाब बढाएका छन् ।

कांग्रेसले फागुन ७ को महासमिति बैठकमा आगामी निर्वाचनमा कसैसँग गठबन्धन नगर्ने प्रतिवेदन पेस गरेको थियो । त्यसले माओवादीभित्र पनि तरंग श्रृजना गरेको हो । माओवादी नेताहरुले राष्ट्रिय सहमतिको सर्वदलीय सरकारको बहस समेत थालेका छन् ।

माओवादी केन्द्रका सांसद माधव सापकोटाले आज कान्तिपुर टेलिभिजनको कार्यक्रम सरोकारमा कुरा गर्दै राष्ट्रिय सहमतिको सर्वदलीय सरकारको माग गरेका हुन् । माओवादी केन्द्रकै सांसदले राष्ट्रिय सहमतिको सर्वदलीय सरकारको कुरा हिँड्नुले किन र के कारणले भन्ने प्रश्न भने खडा भएको छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement