शुद्धोधन गाउँपालिकाका अध्यक्षमाथि मध्यरातमा गोली प्रहार

संयोगवस आफू बाँच्न सफल भएको अध्यक्षकाे भनाइ
वैशाख ५, २०८२ |मनोज पौडेल
शुद्धोधन गाउँपालिकाका अध्यक्षमाथि मध्यरातमा गोली प्रहार

कपिलवस्तु। शुद्धोधन गाउँपालिकाका अध्यक्ष कमलेश शरण चौधरीमाथि बिहीबार मध्यरातमा गोली प्रहार भएको छ । अँध्येरो भएकाले गोली उहाँलाई लाग्न पाएन । जनताका पक्षमा निर्णय गर्दा कोही बिरोधी बनेको हुन सक्ने अध्यक्ष चौधरीले बताउनु भएको छ ।

राति साँढे ११ बजेको समयमा मायादेवी गाउँपालिका वडा नं. १ पकडी स्थित निवासमा नै गोली प्रहार भएको जिल्ला प्रहरी कार्यालय सूचना अधिकारी तथा डिएसपी मोहनमणि अधिकारीले बताउनुभयो । 

राति बिजुली गएका बेला शौचालय गएर फर्कने क्रममा चौधरीमाथि गोली प्रहार भएको तर संयोगवस आफू बाँच्न सफल भएको अध्यक्ष चौधरीले बताउनुभयो ।

घटनास्थलबाट एक थान गोलीको खोका बरामद भएको नायव उपरीक्षक अधिकारीले जनाउनुभयो । गोली प्रहार गर्नेको खोजी भइरहेको प्रहरीले जनाएको छ ।


Image

मनोज पौडेल

पौडेल कान्तिपुर टीभीका कपिलवस्तु संवाददाता हुन् ।