नेम्वाङको निधनमा गण्डकी प्रदेश सभामा शोक प्रस्ताव पारित

भाद्र २९, २०८० |कान्तिपुर टीभी संवाददाता
नेम्वाङको निधनमा गण्डकी प्रदेश सभामा शोक प्रस्ताव पारित

पोखरा । संविधानसभा अध्यक्ष तथा प्रतिनिधि सभा सदस्य सुवासचन्द्र नेम्वाङको निधनमा शोक प्रस्ताव पारित गर्दै गण्डकी प्रदेश सभाको आजको बैठक सकिएको छ ।

शुक्रबार बसेको बैठकमा गण्डकी प्रदेश सभाका सभामुख कृष्णप्रसाद धितालले नेम्वाङको निधनमा पेस गरेको शोक प्रस्ताव सर्वसम्मत रूपमा पारित भएको हो । बैठकमा प्रदेश सरकारले आमसञ्चारसम्बन्धी विधेयक पेस गर्ने तयारी गरे पनि शोक प्रस्ताव पारित गर्दै बैठक स्थगन भएपछि अब भोलि (शनिबार) बस्ने बैठकमा यो विधेयक पेस हुनेछ ।

सरकारले तयार गरेको आमसञ्चारसम्बन्धी विधेयक गत भदौ २२ गते संसद् सचिवालयमा दर्ता भइसकेको छ । अघिल्लो कार्यकालको संसद्‍मा पास गर्न खोज्दा यो विधेयकको चर्को आलोचना भएको थियो । आवश्यक संशोधनपछि संसद् सचिवालयमा दर्ता गराएको सरकारले विधेयक पूर्ण प्रेस स्वतन्त्रतामैत्री रहेको दाबी गरेको छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.