काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले आगामी आर्थिक वर्षको बजेटमा मधेस प्रदेशमा कम बजेट विनियोजन गरिएको कुरा सत्य नभएको दाबी गरेका छन् ।
प्रतिनिधिसभामा प्रधानमन्त्री प्रश्नउत्तर कार्यक्रममा सांसदहरुले उठाएको प्रश्नको जवाफ दिँदै शुक्रबार प्रधानमन्त्री दाहालले यस्तो दाबी गरेका हुन् । उनले संघीयताको मर्मअनुरुप संघबाट प्रदेश र स्थानीय तहमा हुने वित्तीय हस्तान्तरणको १५ प्रतिशतभन्दा बढी रकम मधेस प्रदेशमा जाने गरेको जानकारी दिए । ‘मधेस प्रदेशमा कम बजेट विनियोजन भयो भन्ने कुरा साँचो होइन । संघीयताको मर्मअनुरुप संघबाट प्रदेश र स्थानीय तहमा हुने वित्तीय हस्तान्तरणको १५ प्रतिशत भन्दा बढी रकम मधेस प्रदेशमा जाने गरेको छ,’ उनले भने ।
उनले संघबाट सञ्चालन हुने पूर्वपश्चिम राजमार्ग पथलैया वीरगन्ज करिडोर चन्द्रपुर गौर राजमार्ग, हुलाकी राजमार्ग, सुनकोशी मरिण डाइभर्सन, बागमती कमला चन्द्रनहरलगायत सिँचाइ आयोजना विभिन्न औद्योगिक पूर्वाधार तथा व्यापारिक पूर्वाधार आयोजनाहरु तराई-मधेसलाई लक्षित गरी अगाडि बढाइएको जानकारी दिए । ‘यसका अतिरिक्त संघबाट सञ्चालन हुने पूर्वपश्चिम राजमार्ग पथलैया वीरगन्ज करिडोर चन्द्रपुर गौर राजमार्ग, हुलाकी राजमार्ग, सुनकोशी मरिण डाइभर्सन, बागमती कमला चन्द्रनहरलगायतका सिँचाइ आयोजना विभिन्न औद्योगिक पूर्वाधार तथा व्यापारिक पूर्वाधार आयोजनाहरु तराई मधेसलाई लक्षित गरी अगाडि बढेका छन्,’ उनले भने ।
वीरगन्जको विकासमा सरकारको प्राथमिकता छ ।
तराई मधेस समृद्धि कार्यक्रम, मधेसलाई काठमाडौंसँग जोड्ने द्रुतमार्गलगायत ठूला परियोजना पनि मधेस प्रदेशमा पर्नेमा तीनको समयबद्ध कार्यान्वयनका लागि बजेट विनियोजन गरिएको प्रधानमन्त्री दाहालको भनाइ छ । ‘तराई मधेस समृद्धि कार्यक्रम, मधेशलाई काठमाडौंसँग जोड्ने द्रुतमार्गलगायत ठूला परियोजना पनि मधेस प्रदेशमा पर्नेमा तीनको समयबद्ध कार्यान्वयनको लागि बजेट विनियोजन गरिएको छ,’ सदनमा प्रधानमन्त्री दाहालले भने, ‘सञ्चालनमा रहेका आयोजनाहरुको कार्यप्रगति आवश्यकताका आधारमा बजेट विनियोजन हुने भएकाले बजेटको अंकसँगै त्यसले पार्ने बृहत् प्रभावलाई समेत सकारात्मक रुपमा लिन आग्रह गर्दछु । वीरगन्जको विकास सरकारको प्राथमिकतामा छ ।’
उनले मधेसमा सञ्चालनमा रहेका आयोजनाहरुको कार्यप्रगति आवश्यकताका आधारमा बजेट विनियोजन हुने भएकाले बजेटको अंकसँगै त्यसले पार्ने बृहत् प्रभावलाई समेत सकारात्मक रुपमा लिनुपर्ने धारणा राखे । उनले वीरगन्जको विकासमा सरकारको प्राथमिकता रहेको दाबी पनि गरे ।
यो पनि...
‘निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको साइट क्लियरको काम आगामी आर्थिक वर्षभित्र सक्छौं’
मुलुकको विकासको मोडालिटी भौगोलिक अवस्थितिको अध्ययन गरेर मात्रै हुन जरुरी छ : प्रधानमन्त्री दाहाल