खानेपानीमन्त्री खानले दिए पदबाट राजीनामा

चैत्र १७, २०७९ |कान्तिपुर टीभी संवाददाता
खानेपानीमन्त्री खानले दिए पदबाट राजीनामा

काठमाडौं । खानेपानीमन्त्री अब्दुल खानले पदबाट राजीनामा दिएका छन् । प्रधानमन्त्री पुष्पकमल दाहालसमक्ष खानले राजीनामा बुझाएका हुन् ।

गठबन्धन दलबीच जनमत पार्टीलाई उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय दिने सहमति थियो । खानलाई खानेपानी मन्त्रालयदेखि उद्योग वाणिज्य तथा आपूर्तिमन्त्रीको जिम्मेवारी दिने सहमति भए पनि अन्तिममा खानेपानीमै राखेपछि उनले चित्त दुखाए राजीनामा बुझाएका हुन् ।

तर, जनमतले सरकारलाई दिएको समर्थन भने फिर्ता लिएको छैन । मन्त्री खान पुस ११ गते दाहाल नेतृत्वको सरकारमा विनाविभागीय मन्त्रीका रुपमा नियुक्त भएका थिए । पछि उनलाई खानेपानी मन्त्रालयको जिम्मेवारी दिइएको थियो । तर, पनि उनले असन्तुष्ट जनाउँदै एक सातासम्म मन्त्रालयको जिम्मेवारी लिएका थिएनन् । अर्कोपटकको मन्त्रिपरिषद् विस्तारमा आफूलाई उद्योग वाणिज्य तथा आपूर्ति वा कृषि मन्त्रालयको जिम्मेवारी दिने आश्वासन पाएपछि खानेपानी मन्त्रालयकै जिम्मेवारी लिएको खान स्वयंले स्वीकारेका थिए । 


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.