राष्ट्रिय स्वतन्त्र पार्टीलाई ठूला दलको बेवास्ता

चैत्र १६, २०७९ |कान्तिपुर टीभी संवाददाता
राष्ट्रिय स्वतन्त्र पार्टीलाई ठूला दलको बेवास्ता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले सरकारमा सहभागी हुने इच्छा देखाए पनि ठूला दलले बेवास्ता गरेका छन् ।

सरकारलाई विश्वासको मत दिए पनि मन्त्रिपरिषद्‌को भागबन्डामा नपरेको रास्वपाले सरकारलाई विश्वासको मत दिँदा सरकारमा जानैपर्ने बाध्यकारी नरहेको जिकिर गरेको हो । तथापि नयाँ गठबन्धनले बनाउने नीति कार्यक्रममा आफ्ना कार्यक्रम पनि समावेश भए, मुद्दा र मन्त्रालयका आधारमा सरकारमा सहभागी हुने रास्वपाले जनाएको छ ।

त्यसो त राष्ट्रय स्वतन्त्र पार्टीले सरकारमा सहभागी हुन कोसिस नगरेको भने होइन । पार्टी सभापतिको नेतृत्वमा सरकारमा सहभागी हुने प्रस्ताव गठबन्धनले अस्वीकार गरेपछि राष्ट्रिय स्वतन्त्र पार्टी पछि हटेको हो । तर, प्रधानमन्त्री स्वयंले भने रास्वपालाई सरकारमा सामेल गराउन खोजेका थिए ।

यता वैशाख १० गते हुने उपनिर्वाचनमा भने रास्वपाले तीनै निर्वाचन क्षेत्रमा उम्मेदवार उठाउने तयारी गरेको छ । चितवन २ मा पार्टी सभापतिलाई उठाउने बताएको रास्वपाले बारा र तनहुँमा कसलाई उठाउने भन्नेबारे केही दिनमा टुंगो लगाउने जनाएको छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.