शताब्दी पुरूष सत्यमोहन जोशीको अर्धकदको शालिक अनावरण

वैशाख ३०, २०८२ |कान्तिपुर टीभी संवाददाता
शताब्दी पुरूष सत्यमोहन जोशीको अर्धकदको शालिक अनावरण

काठमाडौं । स्वर्गीय वाङ्मय शताब्दी पुरूष सत्यमोहन जोशीको अर्धकदको शालिक अनावरण गरिएको छ । मंगलबार बिहान ललितपुर महानगरपालिकाको प्राङ्गणमा जोशीको अर्धकदको शालिक अनावरण गरिएको हो ।

महानगरपालिकाले निर्माण गरेको शालिक जोशीको १ सय ६औं जन्म जयन्तीको अवसरमा महानगर प्रमुख चिरिबाबु महर्जनले अनावरण गर्नुभयो । ०७९ असोज ३० गते शताब्दी पुरूष सत्यमोहन जोशीको १ सय ३ वर्षको उमेरमा निधन भएको थियो।

उहाँको ‘इच्छा अनुसार’ तथा ‘परिवारका सदस्यहरूको अनुमतिमा’ जोशीको शरीरलाई किस्ट मेडिकल कलेजलाई दान गरिएकाे थियाे । कार्यक्रममा बोल्दै महानगर प्रमुख महर्जनले महानगरबाट गर्न मिल्ने र सक्ने कार्यक्रमअन्तर्गत शालिक निर्माण गरिएको बताउनु भयो ।

झनाख्य पार्कमा अब कुनैपनि शालिक नबनाउने समेत उहाँले जानकारी दिनुभयाे । झनाख्य पार्कमा ४ वटा शालिक भइसकेकाले पाँच वटा नबनाउने उहाँकाे भनाइ छ। उहाँले जोशी मुलुककै गहना भएको बताउनु भयो ।

प्रमुख महर्जनले स्व. महर्जनले भाषा, साहित्य, संस्कृति र कलाको क्षेत्रमा ठूलो योगदान पुर्‍याउनुभएको बताउनुभयो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.