उपनिर्वाचनमा राप्रपाले आफ्नै उम्मेदवार खडा गर्ने

चैत्र १३, २०७९ |कान्तिपुर टीभी संवाददाता
उपनिर्वाचनमा राप्रपाले आफ्नै उम्मेदवार खडा गर्ने

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आगामी वैशाख १० गते प्रतिनिधिसभाको उपनिर्वाचनमा आफ्नो उम्मेदवार खडा गर्ने निर्णय गरेको छ । सोमबार बसेको राप्रपाको केन्द्रीय पदाधिकारीको बैठकले उक्त निर्णय गरेको हो ।

त्यस्तै बैठकले वैशाख १० मा हुने प्रतिनिधिसभाको उपनिर्वाचन परिचालनका लागि बारा २ मा उपाध्यक्ष बुद्धिमान तामाङ, चितवन- २ मा उपाध्यक्ष विक्रम पाण्डे र तनहुँ-१ मा पार्टीका कोषाध्यक्ष नीलकण्ठ काफ्लेलाई निर्वाचन कमान्डर तोकेको छ ।

बैठक राप्रपा अध्यक्ष राजेन्द्रप्रसाद लिङ्देनको अध्यक्षतामा पार्टीको केन्द्रीय कार्यालय धुम्बाराहीमा बसेको हो । साथै बैठकले पार्टीको केन्द्रीय कार्यसमितिको बैठक २०८० वैशाख २९ र ३० गते काठमाडौंमा बस्ने गरी तय गरेको छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.