कञ्चनपुर । कञ्चनपुरको बेलौरीस्थित रामपुर बहुमुखी क्याम्पस कलकत्तामा आइतबार भएको स्ववियु निर्वाचनमा अखिल क्रान्तिकारीको प्यानलै विजयी भएको छ ।
जम्मा ३१ विद्यार्थी मात्रै रहेको उक्त क्याम्पसमा २५ जनाले मात्रै मतदान गरेको क्याम्पस प्रमुख मदन चन्दले जानकारी दिएका छन् । उनका अनुसार, अखिल क्रान्तिकारीकी सरस्वती तिरुवा १५ मतसहित स्ववियु सभापतिमा निर्वाचित भएकी छन् ।
उक्त क्याम्पसमा अखिल क्रान्तिकारी, अनेरास्ववियु र नेविसंघ गरी ३ प्यानलमा चुनावी प्रतिस्पर्धा भएको थियो ।