प्रतिनिधिसभामा संवैधानिक परिषद्सम्बन्धी विधेयक पेस

चैत्र ५, २०७९ |कान्तिपुर टीभी संवाददाता
प्रतिनिधिसभामा संवैधानिक परिषद्सम्बन्धी विधेयक पेस

काठमाडौं । प्रतिनिधिसभा बैठकमा संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी पहिलो संशोधन विधेयक-२०७९ पेस गरिएको छ ।

प्रतिनिधिसभाको आइतबारको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहालका तर्फबाट सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले उक्त विधेयक संसदमा पेस गरेकी हुन् ।

त्यस्तै संसद्‌मा प्रतिनिधिसभा नियमावली मस्यौदा समिति सभापति चित्रबहादुर केसीका तर्फबाट समितिका सदस्य रमेश लेखकले ‘प्रतिनिधिसभा नियमावली मस्यौदा समितिको प्रतिवेदन, २०७९ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव पेस गरेका छन् ।

जसमा संसद्‌ले सर्वसम्मतिले प्रस्वात स्वीकृत गरेको हो । संसद्‌मा राष्ट्रियसभाबाट सन्देशसहित प्राप्त ‘अनुगमन तथा मूल्यांकन विधेयक-२०७८ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव बैठकको बहुमतले स्वीकृत गरेको छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.