चितवनका दुई क्याम्पसबाहेक सबैमा स्ववियु निर्वाचन स्थगित

चैत्र ५, २०७९ |कान्तिपुर टीभी संवाददाता
चितवनका दुई क्याम्पसबाहेक सबैमा स्ववियु निर्वाचन स्थगित

चितवन । त्रिभुवन विश्वविद्यालयसहित आंगिक र सम्बन्धनप्राप्त क्याम्पसहरूमा आज हुन लागेको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन अन्तर्गत चितवनमा दुई वटाबाहेक सबै क्याम्पसमा स्थगित भएको छ ।

पूर्वी चितवनको रत्ननगरस्थित सहिद स्मृति बहुमुखी क्याम्पस र माडी क्याम्पसमा मात्रै आज स्ववियु निर्वाचन हुन लागेको हो । ती कलेजहरुमा बिहान ८ बजेदेखि मतदान सुरु भएको छ । अपराह्न ४ बजेसम्म चल्ने मतदानका लागि कलेजहरुमा सुरक्षा व्यवस्था कडा पारिएको चितवनका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले जानकारी दिए । उनले अन्य कलेजहरुमा पनि निर्वाचन गराउने तयारी गरिए पनि निर्वाचनको वातावरण नबनेकाले स्थगित भएको बताए ।

चितवनमा कुल १७ वटा कलेजहरुमा स्ववियु निर्वाचन हुनुपर्ने थियो । निर्वाचन हुन नसकेका कलेजहरुमा विभिन्न संघसंगठनहरुले तालाबन्दी गरेका छन् ।

१४ वर्षपछि आज देशभर स्ववियु निर्वाचन हुँदैछ । प्रत्येक दुई–दुई वर्षमा हुने स्ववियु निर्वाचन २०६५ सालदेखि नियमित हुन सकेको थिएन । 


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement