मेरो भारत भ्रमण चाँडै हुन्छ : प्रधानमन्त्री दाहाल

पुस ३०, २०७९ |कान्तिपुर टीभी संवाददाता
मेरो भारत भ्रमण चाँडै हुन्छ : प्रधानमन्त्री दाहाल

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले दक्षिण छिमेकी मुलुक भारतको भ्रमण चाँडै हुने जानकारी दिएका छन् ।

शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा सञ्चारमाध्यमका सम्पादकहरुसँगको छलफलमा प्रधानमन्त्री दाहालले आफ्नो भारत भ्रमण चाँडै हुने जानकारी दिएका हुन् ।

भारत भ्रमणका लागि दूतावासले समन्वय गरिरहेको प्रधानमन्त्री दाहालको भनाइ छ । 

सम्पादकहरुसँगको छलफलमा प्रधानमन्त्री दाहालले भोलि मन्त्रिपरिषद विस्तार हुने बताउँदै पर्सि फुल क्याबिनेट बैठक बस्ने जानकारी दिए ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.