नवनिर्वाचित जनप्रतिनिधिको प्राथमिकता तातोपानी नाका सञ्चालन

मंसिर १३, २०७९
नवनिर्वाचित जनप्रतिनिधिको प्राथमिकता तातोपानी नाका सञ्चालन

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकका नवनिर्वाचित जनप्रतिनिधिको पहिलो प्राथामितामा तातोपानी नाका सञ्चालन र बाढी पीडितहरुको राहत तथा उद्धार परेको छ । लामो समयदेखि अवरुद्ध तातोपानी नाका सञ्चालन र प्राकृतिक प्रकोपबाट प्रभावित बनेका मेलम्ची, हेलम्बु, जम्बु, घुम्थाङ र लिदीका पीडितहरुको पुन:स्थापनालाई पहिलो जोड दिएका हुन् ।

सिन्धुपाल्चोकको सबैभन्दा चार्चमा रहेको नाका हो चिनसंग जोडिएको ‘तातोपानी नाका’ । बाढीपहिरो,कोराना र सडकका कारण राज्यको नाका नियमित सञ्चालन गर्न चासो दिन सकेको छैन । भूकम्प अघि दैनिक अर्बौं रुपैयाँ राजस्व संकलन हुने यो नाका अहिले सञ्चालनमै धौधौ छ । सिन्धुपाल्चोकको मात्र नभइ राज्यकै लाइफ लाइन रहेको नाका पुरानै अवस्थामा चलायमान बनाउने कामलाई जनप्रतिनिधिको पहिलो प्राथाकितामा परेको छ ।

त्यस्तै क्षेत्र नम्बर २ को पहिलो चासो विपद् व्यवस्थापनमा छ। बाढी–पहिरोबाट थिलथिलिएका मात्रै नभइ घरबारविहीन बनेका नागरिकको पुन: स्थापना र पुल निर्माणलाई जोड दिइएको छ। हरेक वर्ष सिन्धुपाल्चोक विपद्सँग जुध्दै आइरहेको छ। जसका कारण ठूलो जनधनको क्षति बेहोर्नुपरेको छ।

तातोपानी नाका होस् या प्राकृतिक विपद् सबैभन्दा बढी प्रभावित जिल्ला हो सिन्धुपाल्चोक । सामान नियमित नआउदाँ राजस्वमा ठूलो असर परेको छ भने विपदबाट ठूलो क्षति भएको छ। मसिंर ४ को निर्वाचनमा जनताले चुनेर पठाएका नवनिर्वाचित जनप्रतिनिधिले नाका सञ्चालन र विपद् व्यवस्थापनलाई प्राथमिकताका साथ स्थान दिएका छन्।