
सुनसरी । सुनसरीका मालपोत र यातायात कार्यालय परिसरमा सेवाग्राहीलाई हैरानी दिने १७ जना बिचौलियालाई प्रहरीले नियन्त्रणमा लिएको छ।
मालपोत कार्यालय परिसरबाट काम छिटोछरितो गरिदिने बहानामा बिचौलियाको काम गरिरहेका १३ र इटहरी उपमहानगरपालिका-१० स्थित कोशी प्रदेश यातायात व्यवस्था कार्यालय परिसरबाट पनि सेवाग्राहीको काम छिटो गरिदिने भन्दै बिचौलियाको काम गरिरहेका चार जनालाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।