मुलुक निर्वाचनमा होमिएको सञ्चारमन्त्री खरेलकाे दाबी

पुस ६, २०८२ |कान्तिपुर टीभी संवाददाता
मुलुक निर्वाचनमा होमिएको सञ्चारमन्त्री खरेलकाे दाबी

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले मुलुक निर्वाचनमा होमिएको दाबी गर्नुभएको छ ।

केही दलहरूले निर्वाचनको वातावरण बनाउन नसकेको भन्दै सरकारको आलोचना गरिरहेका बेला मन्त्री खरेलले चुनावका धेरै काम भैसकेको दाबी गर्नुभएको हो । आफ्नो एक सय दिनको प्रगतिबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा चुनाव र सुशासन सरकारको प्राथमिकता भएको बताउनुभयो ।

मन्त्री खरेलले आफूले पनि एक सय दिनमा सम्पादन गरेका कार्य उल्लेखनीय रहेको दाबी पनि गर्नुभयो । यसैबीच, निर्वाचन तयारी, सुरक्षा व्यवस्थापनलगायतका विषयमा सोमबार सर्वपक्षीय छलफल हुने भएको छ । प्रधानमन्त्री सुशीला कार्की, राजनीतिक दलका प्रतिनिधि, निर्वाचन आयोगलगायत सम्बद्ध पक्षबीच निर्वाचन तयारी, सुरक्षा, व्यवस्थापन, कानुन संशोधनलगायत विषयमा सिंहदरबारमा सर्वपक्षीय छलफल हुने तय भएको हो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.