धनकुटा र भोजपुरमा गाँजा फडानी

मंसिर १२, २०८२ |विनोद घिमिरे
धनकुटा र भोजपुरमा गाँजा फडानी

धनकुटा । प्रहरीले धनकुटा र भोजपुरका विभिन्न स्थानमा गाँजा फडानी गरेको छ । 

इलाका प्रहरी कार्यालय छिन्ताङ र राजारानीबाट खटिएको प्रहरीले धनकुटाको चौविसे र शहीदभूमि गाउँपालिकाको करिब आठ रोपनी क्षेत्रफलमा रहेको १ हजार ९ सय ५० बोट गाँजा फडानी गरी नष्ट गरेको हो । 

यस्तै भोजपुरको बोयाङ, हसनपुर र अस्थायी प्रहरी चौकी दुम्मानाबाट गएको टोलीले हतुवागढी र आमचोक गाउँपालिकाका विभिन्न स्थानको ४२ रोपनी क्षेत्रफलमा रहेको साढे ४ सय गाँजाका बोट र बिरूवा नष्ट गरेको कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।


Image

विनोद घिमिरे

घिमिरे कान्तिपुर टेलिभिजनका धनकुटा संवाददाता हुन् ।