उज्यालो नेपाल पार्टीको घोषणा सभा मंसिर १७ गते

मंसिर १२, २०८२ |कान्तिपुर टीभी संवाददाता
उज्यालो नेपाल पार्टीको घोषणा सभा मंसिर १७ गते

काठमाडौं । नवगठित उज्यालो नेपाल पार्टीले घोषणा सभा आयोजना गर्ने भएको छ ।

शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गरी काठमाडौंमा आगामी मंसिर १७ गते बुधबार सो सभा आयोजना गर्ने जानकारी गराइएको हो । काठमाडौंको प्रज्ञा भवनमा सो सभा आयोजना गर्ने निर्णय गरिएको पार्टीका प्रवक्ता डा. राजु थापाले बताउनु भयो । घोषणा सभाको प्रमुख वक्ता ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री कुलमान घिसिङ रहनुहुनेछ । घोषणामा सभामा पार्टीको दृष्टि, मूल ध्येय र विस्तृत घोषणा पत्र २०८२ औपचारिक र"पमा सार्वजनिक गरिने पनि प्रवक्ता थापाले बताउनु भयो ।

उहाँले भन्नुभयो,‘घोषणा सभा २०८२ मंसिर १७ गते दिउँसो १ बजेदेखि ४ बजेसम्म प्रज्ञा भवन कमलादीमा आयोजना गरिनेछ । कार्यक्रममा वृहत जनसहभागिता रहने अपेक्षा गरिएको छ । सुरक्षा व्यवस्था र भीड व्यवस्थापनको तयारीको काम लगभग अन्तिम चरणमा पुगेका छन । कार्यक्रममा प्रमुख अतिथि नेपाल सरकारको माननीयमन्त्री कुलमान घिसिङ रहनुहुनेछ । सो अवसरमा उज्यालो नेपाल पार्टीको दीर्घकालीन दृष्टि, मूल ध्येय र विस्तृत घोषणा पत्र २०८२ औपचारिक र"पमा सार्वजनिक गरिनेछ । जसमा पार्टीको सैद्धान्तिक दृष्टिकोण, प्राथमिकता र कार्ययोजनालाई स्पष्ट रूपमा प्रस्तुत गरिनेछ । सार्वजनिक गरिनेछ ।’

पत्रकार सम्मेलनमा नेताहरूले सो पार्टीले लोकतान्त्रिक समाजवादलाई अंगिकार गरेर अघि बढ्ने बताएका छन् । प्रवक्ता थापाले सबै पार्टीको राम्रा पक्षलाई आत्मासात गरेर अघि बढ्ने योजना आफूहरूको रहेको बताउनु भयो । 


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.