
जनकपुर । जिल्ला प्रहरी कार्यालय धनुषाले सीताराम विवाहपञ्चमी मनाउने क्रममा चोरी पाकेटमारीको घटनामा संलग्न रहेको आरोपमा ३७ जना भारतीय र २६ जना नेपालीसहित ६३ जनालाई नियन्त्रणमा लिएका छन ।
विवाहपञ्चमी मेला भर्न आएका श्रद्धालुहरूको साथबाट नगद, सुन र चाँदीको गर-गहना चोरी र पाकेटमारी गरेको आरोपमा जनकपुरको विभिन्न स्थानबाट जना पक्राउ गरी प्रहरीले अनुसन्धान थालेको हो ।
पक्राउ पर्नेहरूमा ५० जना पुरुष र १३ जना महिला रहेको प्रहरीले जनाएको छ । प्रहरी हिरासतमा रहेकाहरूको साथबाट १ लाख २७ हजार ८४ रूपैयाँ नगद, १५ थान मोबाइल, सुन जस्तो देखिने १२ थान मंगलसुत्रसहितका गर-गहना र तीन थान चाँदीको अंगुठी लगायत सामान बरामद भएको छ । मेलामा भीडभाडको फाइदा उठाउँदै चोरी लुटपाटका घटना हँदै आएको छ ।