कञ्चनपुरमा बस दुर्घटना, एक जनाको मृत्यु

कार्तिक १५, २०८२ |कान्तिपुर टीभी संवाददाता
कञ्चनपुरमा बस दुर्घटना, एक जनाको मृत्यु

दोधारा चाँदनी (कञ्चनपुर) । काठमाडौंबाट महेन्द्रनगरतर्फ आइरहेको यात्रुवाहक बस शनिबार बिहान दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालयका अनुसार ना ७ ख ६१८२ नम्बरको बस कञ्चनपुरको कृष्णपुर नगरपालिका-२ वाणीस्थित पूर्व-पश्चिम राजमार्गमा दुर्घटना हुँदा कृष्णपुर नगरपालिका-१ बण्ड का ४२ वर्षीय बलबहादुर बोहराको मृत्यु भएको हो । दुर्घटनामा परी घाइते भएका बोहराको उपचारका क्रममा वाणी अस्पतालमा मृत्यु भएको हो । 

बसमा पाँच जना मात्र सवार थिए । बसका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।-रासस


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.