पहिरोले देशका विभिन्न राजमार्ग अवरूद्ध

कार्तिक १५, २०८२ |कान्तिपुर टीभी संवाददाता
पहिरोले देशका विभिन्न राजमार्ग अवरूद्ध

काठमाडौं । निरन्तरको वर्षापछिको पहिरोले मेची राजमार्ग, मध्य पहाडी राजमार्ग, जोमसोम कोरोला सडक तथा सिद्धिचरण राजमार्ग पनि अवरूद्ध भएका छन् ।

मेची राजमार्गअन्तर्गत राजदुवाली खण्डमा सडक भासिन थालेपछि सवारी आवागमन पूर्ण रूपमा रोकिएको इलाम प्रशासनले जनाएको छ। जिल्ला प्रशासन कार्यालयले अर्को सूचना जारी नभएसम्म सवारी सञ्चालनमा पूर्णरूपमा रोक लगाइएको जानकारी गराएको छ।

यसैगरी, मुग्लिन-नारायणगढ सडक खण्डअन्तर्गत तुइन खोला पुल नजिकै स-साना ढुंगा खस्ने क्रम रोकिएको छैन । सडक डिभिजन भरतपुरले स-साना पहिरो पन्छाउँदै सडक आवागमन खुलाइएको जानकारी दिएको छ । नारायणगढ-मुग्लिन र मुग्लिन-मलेखु खण्डमा अत्यावश्यकबाहेक यात्रा नगर्न पनि स्थानीय प्रशासनले आग्रह गरेका छन् ।

यसैबीच, मौसमको खराबीका कारण भरतपुर र तुम्लिङटार विमानस्थलमा उडान स्थगित भएको त्रिभुवन विमानस्थल कार्यालयले जनाएको छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.