काटिसकेको धान खेतमै भिजेपछि जुम्लाका किसान निराश, उत्पादन घट्ने चिन्ता

कार्तिक १४, २०८२ |कान्तिपुर टीभी संवाददाता
काटिसकेको धान खेतमै भिजेपछि जुम्लाका किसान निराश, उत्पादन घट्ने चिन्ता

दाङ । दाङका ६० प्रतिशत किसानले तिहारअघि नै धान भित्र्याइसकेका थिए । 

तिहारको चटारोमा परेर ४० प्रतिशत धानबाली खेतमै थियो । तिहारलगत्तै खेतमा पुगेका अधिकांश किसानले धान काटिसकेका थिए । तर निरन्तरको वर्षाले काटिसकेको धान खेतमै भिजेपछि किसानलाई चिन्ता थपिएको छ। त्यस्तै चिन्तामा जुम्लाका किसान पनि छन् ।

अहिले जिल्लाका किसानहरू मौसमको छेको हेरेर खेतका गरामा भरिएको पानि तर्काउने र भिजेको धान केही बचाउन सकिन्छ कि भनेर सडककमा छेउ तथा अग्ला ठाउँमा सारीरहेका छन् । अहिलेपनि दाङमा निरन्तर हल्का वर्षा भैरहेको छ । मौसममा सुधार नआए खेतमा भिजेको धान उम्रने र अब के खाने भन्ने समस्या किसानलाई छ ।

३७ हजार २ सय २५ हेक्टर क्षेत्रफलमा धानखेती हुने दाङमा ९८ प्रतिशत अर्थात् ३६ हजार ४ सय ८१ हेक्टर क्षेत्रफलमा धान रोपाइँ भएको थियो । गतवर्ष १ लाख ७८ हजार ७ सय ३६ मेट्रिक टन धान उत्पादन भएको दाङमा यसवर्ष वर्षा र मलखादको राम्रो व्यवस्था भएर समयमै धान रोपाइँ भएकाले यसवर्ष ५ देखि ६ प्रतिशतले धान उत्पादनमा वृद्धी भै यसवर्ष वृद्धी भएर १ लाख ८७ हजार ६ सय ७२ मेट्रिक टन धान उत्पादन हुने अनुमान कृषि कृषिज्ञान केन्द्रको थियो तर काटेको धान खेतमै भिजेपछि धान उत्पादनमा गिरावट आउने देखिएको छ ।

पाकेको धान भित्र्याउने समयमा वर्षा भएपछि जुम्लाका किसानहरू निराश छन । यहाँको चन्दननाथ, हिमा र तातोपानी गाउँपालिकाका किसानले धान भित्र्याउन सुरू गरेका थिए । तर निरन्तर वर्षा भइरहेकोेले काटेको धान चुटेर घर ल्याउन सकिएको छैन । पानीले खेतहरू ताल बनेका छन । धानका बालहरू त्यहीँ पानीमा निरन्तर भिजिरहेका छन । यो अवस्थामा पाकेको धान खेर गइरहेको टुलुटुलु हेरिरहनु बाहेकको विकल्प छैन ।

किसानले ढालेको धान अहिले खेतको आलीमा राखेर सुकाइरहेका छन । तर वर्षा नरोकिएकोले बाला सुकेर भित्र्याउन सकिने अवस्था छैन । अहिले वर्षाले धान सखाप पारेकोले भोकमरी निम्तले संकेत देखा परेको छ । एकातिर किसान धानखेति वर्षाले नष्ट गरेको भन्दै निराश छन । 

अर्कोतिर भिजेको धान समयमै व्यवस्थापन गर्न नसकिने भन्दै चिन्तामा छन । यो धान चामल हुँदैन । यदि भए पनि कनिका धेरै हुने भएकोले खान योग्य समेत हुँदैन । केही किसानले ढालेको धान पालमा छोपेर राखेका छन् । केहीले डाँठसहित घरमा पुर्‍याएका छन । केही किसानले खेतमै लहरा बनाएर राखेका छन् । त्यही धान निरन्तर भिजिरहेको छ ।

जिल्ला कृषि विकास कार्यालय जुम्लाको तथ्यांकअनुसार कुल ८ स्थानीय तहमध्ये ५ पालिकाका किसानले धानबाली भित्र्याइसकेका थिए । तातोपानी, हिमा, गाउँपालिका र चन्दननाथ नगरपालिकाका केही वडाका किसानले अझै धान भित्र्याएका थिएनन् । कुल २ हजार ८ सय ९० हेक्टरमा रोपिएको २० प्रतिशत धान भिजेको कृषि कार्यालयले जनाएको छ ।

तर दुई/चार दिनसम्म पानी परिरहृयो भने चामलमा कनिका धेरै हुने सम्भावना रहन्छन् । यदि एक सातासम्म पनि वर्षा रोकिएन भने धानका दाना, बाला र डाँठ खेतमै कुहिएर खेर जाने र उम्रिने समस्या देखिन थाल्छ । कृषि विकास कार्यालयले जिल्लाको ८० प्रतिशत धान भित्र्याइसकेको जनाएको छ । 

जुम्लामा कालीमार्सी, उन्नत जातमा लेकाली १ र लेकाली ३, चन्दननाथ १ र चन्दननाथ ३ जातको धान रोपिँदै आएको छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.