मनास्लु पदमार्गमा ढुङ्गाले लागेर घाइते भएका यात्रुको दुई दिनपछि उद्धार

कार्तिक १५, २०८२ |कान्तिपुर टीभी संवाददाता
मनास्लु पदमार्गमा ढुङ्गाले लागेर घाइते भएका यात्रुको दुई दिनपछि उद्धार

गाेरखा । मनास्लु पदमार्गमा बिहीबार ढुङ्गाले लागेर घाइते पदयात्रु काठमाडौं टोखा नगरपालिका-६ बस्ने वर्ष ४४ को मिनु ईन्द्र लम्सालको ५० घण्टापछि हेलिकप्टरमार्फत उद्धार भएको छ ।

गोरखाको सामागाउँबाट फर्कने क्रममा चुमनुब्री गाउँपालिका-५ विहिस्थित बाटोमा हिँडिरहेको अवस्थामा माथिबाट खसेको ढुङ्गाले टाउकोमा चाेट लागेर गम्भीर घाइते भएपछि एक घरमा राखेर स्थानीय स्वास्थ्यकर्मीले उपचार गरेका थिए । स्थानीय प्रशासन, प्रहरी र आफन्तले पटक-पटक हेलिकप्टरमार्फत थप उपचारका लागि उद्धार गर्ने प्रयास गर्दा पनि प्रतिकूल मौसमका कारण हेलिकप्टर उडान हुन सकेको थिएन । 

सुरक्षा निकायको विशेष पहलमा पोखराबाट सिम्रिकको हेलिकप्टरबाट शनिबार दिउँसो साढे दुई बजे थप उपचारका लागि ग्राण्डी अस्पताल काठमाडौं पठाइएको प्रहरीले जनाएको छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.