जिप्रका धनुषाले अनलाइन अनुसूची सिफारिस नपठाएमा अब नागरिकता नदिने (पत्रसहित)

कार्तिक १४, २०८२ |अनिल मिश्र
जिप्रका धनुषाले अनलाइन अनुसूची सिफारिस नपठाएमा अब नागरिकता नदिने (पत्रसहित)

धनुषा । जिल्ला प्रशासन कार्यालय धनुषाले अनलाइन अनुसूची सिफारिस नपठाएमा अब नागरिकता नदिने भएको छ ।

स्थानीय तहहरूले अनिवार्य रूपमा अनलाइन प्रणालीमार्फत नागरिकता अनुसूची सिफारिस नपठाएमा कार्तिक १६ गते आइतबारदेखि सेवा प्रवाह नगरिने प्रशासकीय अधिकृत गणेशचन्द्र मिश्रद्वारा धनुषाका सबै पालिकाहरूको नाममा जारी गरिएको पत्रमा उल्लेख छ ।

गृह मन्त्रालयले केही महिना अघि स्थानीय तहका कर्मचारीहरूलाई अनलाइन प्रणालीबाट नागरिकता सिफारिस अनुसूची प्रविष्टी तालिम दिएको थियो । तर,धनुषाका १८ मध्ये केही पालिकाले सो सिफारिस व्यवस्था अहिलेसम्म लागू गर्न सकेको छैन ।पालिकाहरूले नागरिकता जारी गर्ने प्रणाली प्रति गम्भिरता नदेखाएका कारण बाध्य भएर जिल्ला प्रशासन कार्यालयलाई पत्राचारसहित यस्तो व्यवस्था लागू गर्नु परेको छ ।


Image

अनिल मिश्र

मिश्र कान्तिपुर टेलिभिजनका जनकपुर संवादताता हुन् ।