पाल्पामा इभी दुर्घटना हुँदा तीन जनाको मृत्यु

कार्तिक १२, २०८२ |कान्तिपुर टीभी संवाददाता
पाल्पामा इभी दुर्घटना हुँदा तीन जनाको मृत्यु

पाल्पा । पाल्पाको छहरामा बुधबार दिउँसो भएको इभी दुर्घटनामा तीन जनाको मृत्यु भएको छ । 

दुर्घटनामा इभीका चालक ३१ वर्षीय कमल रायमाझीको निधन भएको छ भने अन्य दुई जनाको पहिचान खुलेको छैन । चालक रायमाझी रैनादेवी छहरा-४, अमलावास निवासी रहेको प्रहरीले जनाएको छ । लुम्बिनी प्रदेश ०१-००१ ज ००९१ नम्बरको इभीमा चालकसमेत तीन जना रहेको छहराका स्थानीयले जानकारी दिएका छन् । 

बुटवलबाट तानसेन हुँदै रैनादेवी छहरा जाने क्रममा इभी गाडी रैनादेवी छहरा-४, छहरा बोखर नजिकै दुर्घटना भएको हो । गाडी सडकदेखि झन्डै २ सय मिटर तल खसेको इलाका प्रहरी कार्यालय मुझुङ्ले जनाएको छ । जिल्ला प्रहरी कार्यालय पाल्पाका अनुसार इलाका प्रहरी कार्यालय मुझुङको टोली पुगेर शव संकलन गरी अस्पताल पठाएको छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.