सञ्चारमन्त्रीद्वारा दिवंगत पत्रकार सुरेश रजकको परिवारसँग भेट, न्यायका लागि पहल गरिदिन

न्यायका लागि पहल गरिदिन धर्मपत्नी सुजन रजककाे आग्रह
कार्तिक १२, २०८२ |कान्तिपुर टीभी संवाददाता
सञ्चारमन्त्रीद्वारा दिवंगत पत्रकार सुरेश रजकको परिवारसँग भेट, न्यायका लागि पहल गरिदिन

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले दिवंगत पत्रकार सुरेश रजकको परिवारसँग भेट गरी पीडित पक्षको न्यायका लागि पहल गर्ने प्रतिबद्धता जनाउनुभएको छ । 

सिंहदरबारस्थित मन्त्रालयमा बुधबार रजककी धर्मपत्नी सुजन रजकसहित परिवारका सदस्यहरूसँग छलफल गर्दै सञ्चारमन्त्री खरेलले दिवंगत पत्रकार सुरेशको न्यायका लागि आफूले निरन्तर पहल गर्ने विश्वास दिलाउनुभयो । सञ्चारमन्त्री खरेलले दिवंगत पत्रकार रजकको धर्मपत्नी सुजन रजकलाई रोजगारीका निम्ति समन्वय गर्ने तथा निजको उच्च शिक्षाका लागि पहल गर्ने प्रतिबद्धता जनाउनुभयो । 

सो अवसरमा रजककी धर्मपत्नी सुजन रजकले सुरेशको न्यायका लागि पहल गरिदिन सञ्चारमन्त्री समक्ष आग्रह गर्नुभएको थियो । विसं २०८१ चैत १५ गते काठमाडौँको तीनकुनेमा भएको प्रदर्शनका क्रममा भएको आगजनीमा परेर पत्रकार सुरेशको मृत्यु भएको थियो । घटनाका दोषीलाई कानुनी दायरामा ल्याउन रजकको परिवारले माग गर्दै आएको छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.