रूकुम पश्चिममा जिप दुर्घटना हुँदा कम्तिमा पाँच जनाको मृत्यु

कार्तिक ७, २०८२ |कान्तिपुर टीभी संवाददाता
रूकुम पश्चिममा जिप दुर्घटना हुँदा कम्तिमा पाँच जनाको मृत्यु

काठमाडौं । रूकुम पश्चिममा जिप दुर्घटना हुँदा कम्तिमा पाँच जनाको मृत्यु भएको छ । 

मुसिकोट खलंगाबाट आठबिसकोट नगरपालिकाको स्यालाखदीतर्फ जाँदै गरेको जिप दुर्घटना भएको हो । रा १ ज ४२२ नम्बरको बोलेरो जिप बाँफिकोट गाउँपालिका-७ लिस्ने भीरमा दुर्घटना भएको प्रहरीले जनाएको छ । मृतकको पहिचान भने खुलेको छैन । 

प्रहरी टोली घटनास्थलतर्फ जाँदै गरेको जिल्ला प्रहरी कार्यालय रूकुमपश्चिमका सूचना अधिकारी प्रहरी निरीक्षक हरि पुनले जानकारी दिनुभयो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.