काठमाडौंमा छठको तयारी तीव्र

कार्तिक ७, २०८२ |कान्तिपुर टीभी संवाददाता
काठमाडौंमा छठको तयारी तीव्र

काठमाडौं । काठमाडौंमा छठको तयारी तीव्र पारिएको छ ।

काठमाडौंको गौरीघाट, कमलपोखरी, मनहरा, बागमतीलगायतका खोला किनारामा छटको तयारी गरिएको हो । नदी आसपासमा सरसफाई, टेन्ट हाल्ने, विद्युत् जडान गर्ने काम भइरहेका छन् । पछिल्ला वर्षमा काठमाडौं उपत्यकामा छठ मनाउने प्रचलन बढ्दै गएपछि कम्तिमा २० ठाउँमा छठको तयारी गरिएको हो । 

दर्शनार्थी बढी हुने ठाउँमा छठको प्रसाद बनाउने काम पनि सुरु भएको छ । छठ समितिहरुले स्थानीय प्रशासनसँग सुरक्षाको समन्वयसमेत गरिरहेका छन् । छठको मुख्य दिन सोमबार सरकारले सार्वजनिक बिदा दिएको छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.