पूर्वसभामुख महरा कारागार चलान

आश्विन २९, २०८२ |कान्तिपुर टीभी संवाददाता
पूर्वसभामुख महरा कारागार चलान

काठमाडौं । काठमाडौं जिल्ला अदालतले सुन तस्करीको आरोपमा पक्राउ परेका पूर्वसभामुख कृष्णबहादुर महरालाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको छ ।

काठमाडौं जिल्ला अदालतका न्यायाधीश हर्कबहादुर क्षेत्रीको इजलासले थुनछेक बहसपछि नेकपा माओवादी केन्द्रका नेतासमेत रहेका पूर्वसभामुख महरालाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको हो । 

२०७९ सालमा सुन तस्करीमा संलग्न भएको आरोपमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले अनुसन्धान गरेको थियो । सरकारी वकिल कार्यालयले महराविरूद्ध संगठित अपराध निवारण ऐन र भन्सार ऐनअन्तर्गतको कसुरमा ८ करोड ५५ लाख २८ हजार बिगो माग दाबी गर्दै काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरेको थियो । 

अदालतको आदेशअनुसार महरालाई आजै केन्द्रीय कारागार सुन्धारा चलान गरिएको छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.