काठमाडौं । जेन-जी युवाले विपिन जोशीको सम्झनामा बुधबार काठमाडौंमा दीप प्रज्वलन गरेका छन् ।
इजरायलमा दुइवर्ष अघि हमासको अपहरणमा परेर ज्यान गुमाएका जोशीको सम्झनामा जेन जी युवाहरुले काठमाडौंको माइतीघर मण्डलामा दीप प्रज्वलन गरेका हुन् ।
यसैंबीच प्रधानमन्त्री सुशीला कार्कीले हत्या गरिएका नेपाली युवक विपिन जोशीको त्याग र बहादुरीलाई राष्ट्रले कहिल्यै पनि नबिर्सने बताउनुभएको छ ।
प्रधानमन्त्री कार्कीले विपिनको परिवार र आफन्तलाई समवेदना दिँदै बन्धनमुक्त हुने दुई वर्षदेखिको आशा र सामूहिक प्रार्थनाबीच विपिनको मृत्युको खबर सुन्दा आफू स्तब्ध भएको उल्लेख गर्नुभएको छ ।