तराई मधेशमा जितिया पर्वकाे उल्लास

भाद्र २९, २०८२ |कान्तिपुर टीभी संवाददाता
तराई मधेशमा जितिया पर्वकाे उल्लास
File Photo

जनकपुर । तराई मधेशका महिलाहरू आइतबार पुत्रको दीर्घायुको कामना गर्दै जितिया पर्वको उपवास बसेका छन् ।

जितिया पर्वको आइतबार दोस्रो दिन महिलाहरूले जलाशयहरूमा स्नान गरी, चोखो भई निराहार उपवास बसेका हुन् । जितिया व्रत बस्नाले आपत विपत आइलाग्दा सन्तानको जीवन सुरक्षित रहने धार्मिक विश्वास छ । 

उपवास बस्दा व्रतालुले थुक पनि निल्नु नहुने र अति निष्ठाका साथ मनाइने हुनाले यसलाई कठोर व्रत मानिन्छ। २४ घण्टाको निराहार उपवासपछि पुनः जलाशयहरूमा स्नान गरी जिमुतबाहनको कथा वाचन र श्रवणपछि यो व्रत सम्पन्न हुन्छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.