काठमाडौं । सरकारको कानुनी सल्लाहकार तथा महान्यायाधिवक्तामा वरिष्ठ अधिवक्ता सविता भण्डारी नियुक्त हुनुभएको छ ।
नेपालको इतिहासमा उहाँ महान्यायाधिवक्ता हुने पहिलो महिला हुनुहुन्छ । प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले आइतबार उहाँलाई महान्यायाधिवक्ता नियुक्त गर्नुभएको हो ।
राष्ट्रपति कार्यालयका प्रवक्ता प्रदीपकुमार कोइरालाले आइतबार जारी गरेको विज्ञप्तिमा भनिएको छ, “नेपालको संविधानको धारा, १५७ को उपधारा (२) बमोजिम मिति २०८२ भदौ २९ गते सविता भण्डारीलाई महान्यायाधिवक्तामा नियुक्ति गरिएको छ ।”
यसअघि आजै महान्यायाधिवक्ता रमेश बडालले राजीनामा दिनुभएको थियो । भण्डारी वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारीको छोरी हुनुहुन्छ । उहाँ पूर्वसूचना आयुक्तसमेत हुनुहुन्छ ।-रासस
याे पनि :