काठमाडौं । चाडपर्वलाई लक्षित गर्दै साेमबारदेखि सरकारले सहुलियत पसल सञ्चालन गर्ने भएको छ।
खाद्य व्यवस्था तथा व्यापार कम्पनीले साेमबारदेखि ४५ जिल्लाका १ सय ११ स्थानबाट सहुलियत पसल सञ्चालन गर्न लागेको हो । जेन-जी आन्दोलन र त्यसपछि उत्पन्न परिस्थितिले सहुलियत पसल सञ्चालनमा अन्योल बने पनि निषेधाज्ञा र कर्फ्यु हटेसँगै सहुलियत पसल सञ्चालनमा ल्याउन लागिएको कम्पनीका प्रमुख कार्यकारी अधिकृत रमेश आचार्यले जानकारी दिनुभयो ।
सबै किसिमका चामल, चिनी, गेडागुडीमा प्रतिकिलोमा ५ रुपैयाँ छुट पाइने छ । खाने तेल, चिउरा, आटा, मैदामा प्रतिकिलो/लिटरमा ७ रुपैयाँ छुट र चिउरा, जिरा/धनियामा प्रतिकिलो १० रुपैयाँ छुट पाइने कम्पनीले जनाएको छ ।
यस वर्ष सहुलियतमा खसीबोका र च्याङ्ग्राको बिक्री भने अनिश्चित बनेको छ । यसैबीच नेपाल राष्ट्र बैंकले सर्वसाधारणलाई दशैंका लागि सुकिला नोट वितरण आजैदेखि सुरु गरेको छ ।