महाकाली नदीमा पानीकाे बहाव बढ्दै, बनबासा पुलमा सवारी साधन आवतजावत बन्द

भाद्र १६, २०८२ |हरिश्चन्द्र बाग
महाकाली नदीमा पानीकाे बहाव बढ्दै, बनबासा पुलमा सवारी साधन आवतजावत बन्द

कञ्चनपुर । महाकाली नदीमा अविरल वर्षाका कारण पानीको बहाव लगातार बढ्दै गएको छ । 

साेमबार बिहान १० बजे नदीमा पानीको बहाव १ लाख २८ हजार ५६० क्युसेक पुगेको थियो भने दिउँसो पानीको बहाव बढ्दै गएर १ लाख ८२ हजार ५५५ क्युसेक पुगिसकेको छ । 

यस कारण नेपाल-भारत सिमानामा रहेको बनबासा पक्की पुलमा चार पाङ्ग्रे र तिन पाङ्ग्रे सवारी साधनको आवतजावत पूर्ण रूपमा बन्द गरिएको छ । कञ्चनपुर स्थित महाकाली नदीमा पानीको बढ्दो बहावलाई लक्षित गर्दै जिल्ला प्रशासन कार्यालय कञ्चनपुर र प्रहरीले यसबारे सचेतना जारी गरेका छन् । 

स्थानीय बासिन्दालाई सुरक्षित स्थानमा रहन र नदी नजिक नजान सुरक्षा निकायहरूले अनुरोध गरेका छन् । महाकाली नदीको बहाव अझै बढ्ने सम्भावना रहेकोले सम्बन्धित निकायले सतर्कता अपनाउन निर्देशन दिएका छन् ।


Image

हरिश्चन्द्र बाग

बाग कान्तिपुर टेलिभिजनका कञ्चनपुर संवाददाता हुन् ।