
काठमाडौं । सरकारले उखुको समर्थन मूल्य ६ सय २० रूपैयाँ कायम गरेको छ ।
किसानलाई दिने अनुदान रकम ७० कायम गरिएको छ । मन्त्रिपरिषद्को साेमबार बसेको बैठकले उखुको समर्थन मूल्य तोकेको हो । बैठकले गत चैत १५ गते काठमाडौंको तीनकुनेमा भएको घटनामा मारिएका पत्रकार सुरेश रजकलाई शहीद घोषणा गरेको छ ।