कल्बा अन्तर्राष्ट्रिय जुडो प्रतियोगितामा सकुन सुनुवारलाई रजत पदक

मंसिर २२, २०८२ |खेल ब्युरो
कल्बा अन्तर्राष्ट्रिय जुडो प्रतियोगितामा सकुन सुनुवारलाई रजत पदक

काठमाडौं । सकुन सुनुवारले कल्बा अन्तर्राष्ट्रिय जुडो प्रतियोगितामा रजत पदक जितेकी छन् । 

डिसेम्बर ६ देखि ७ तारिखसम्म भएको प्रतियोगितामा सकुनले रजत जितेको बन्दी सहायता नियोग पामका जुडो मुख्य प्रशिक्षक सूर्यनारायण श्रेष्ठले जनाएका छन् । यूएईमा भएको उक्त प्रतियोगितामा सकुनले पेरिस सेन्ट जर्मन एकेडेमी जुडोबाट खेलेकी थिइन् । 

सकुन उक्त एकेडेमीमा प्रमुख प्रशिक्षकको रूपमा काम गर्दै आएको मुख्य प्रशिक्षक श्रेष्ठले जानकारी दिए । सुरुआती जुडो न्यु होराइजनबाट सुरू गरेकी सकुनले पछि बन्दी सहायता नियोग पाममा आबद्ध भइ खेलाडीलाई प्रशिक्षण दिनुका साथै पढाउँदै आएकी पनि थिइन् ।