सवारी दुर्घटनामा दुईको मृत्यु

श्रावण २४, २०८२ |कान्तिपुर टीभी संवाददाता
सवारी दुर्घटनामा दुईको मृत्यु

धरान । सुनसरीको इटहरी उपमहानगरपालिका-२० को इटहरी-रान सडकखण्डस्थित पानीपिया जङ्गलमा शनिबार स्कुटर र बस एकापसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ ।

इटहरीबाट धरानतर्फ आउँदै गरेको प्रदेश १–०२–००२ ख ०४५५ नम्बरको बस र विपरीत दिशाबाट आइरहेको को २२ प २१२५ नम्बरको स्कुटर ठोक्किँदा स्कुटर चालक झापाको विर्तामोड नगरपालिका-५ का सुजन विक र पछाडि सवार सुरज विक गम्भीर घाइते भएका थिए ।

घाइते दुवैको धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा दिउसो १२ः३० बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता योगराज खतिवडाले जानकारी दिनुभयो ।

बस चालक उदयपुरको बेलका नगरपालिका-३ का प्रेम मगरलाई जिल्ला प्रहरी कार्यालयले नियन्त्रणमा लिएको छ भने घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।-रासस


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.