इटहरी-३ स्थित माया घर पछाडि आइतबार दिउँसो पौडी खेल्नेक्रममा उनीहरूको मृत्यु भएको हो । गम्भीर अवस्थामा उद्धार गरेर उपचारका लागि अस्पताल पठाइएका इटहरी-३ कल्याण चोकका ८ वर्षीय दीपसन चौधरी र संखुवासभा चैनपुर घर भई इटहरी-२ स्थित आफन्तकोमा बस्दै आएका ११ वर्षीय त्रिवास लिम्बूको मृत्यु भएको प्रहरीले जनाएको छ ।
उनीहरू दुवै जनालाई उपचारको लागि इटहरीस्थित वेदान्त अस्पताल लगिएको थियो । त्यहाँ चिकित्सकले उपचार सम्भव नहुने भनेपछि आफन्तले विराटनगरस्थित विराट शिक्षण अस्पताल लगेका थिए ।
शिक्षण अस्पतालका चिकित्सकले उनीहरूलाई मृत घोषणा गरेका थिए । घटनाको थप अनुसन्धान सुरू गरिएको इलाका प्रहरी कार्यलय इटहरीले जनाएको छ ।