पूर्व निर्वाचन आयुक्त इला शर्माको निधन

असार २९, २०८२ |कान्तिपुर टीभी संवाददाता
पूर्व निर्वाचन आयुक्त इला शर्माको निधन

काठमाडौं । निर्वाचन आयोगकी पूर्वआयुक्त इला शर्माको निधन भएको छ ।

छाती दुखाइपछि थापाथलीस्थित नर्भिक अस्पताल भर्ना भएकी शर्माको शनिबार साँझ उपचारका क्रममा हृदयाघातका कारण निधन भएको पारिवारिक स्रोतले जनाएको छ ।

परिवारका एक सदस्यका अनुसार आइतबार भारतबाट जेठी छोरी आएपछि शर्माको अन्त्येष्टि प्रक्रिया अघि बढाइने छ । इलाले २०६९ देखि ०७५ सम्म संवैधानिक निकाय निर्वाचन आयोगमा आयुक्तको जिम्मेवारी सम्हालेकी थिइन् । ६२ वर्षीया शर्मा पूर्व पत्रकार पनि हुन् । शर्माको दुई छोरी छन् । 


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.