काठमाडौं । कान्तिपुर टेलिभिजनका बागलुङ संवाददाता प्रदिप पन्त पुरस्कृत हुनुभएको छ ।
नेपाल पत्रकार महासंघ बागलुङ शाखाको रजत जयन्तीको अवसरमा नन्द-हरि सिर्जनशील पत्रकारिता पुरस्कारबाट बागलुङ संवाददाता पन्त पुरस्कृत हुनुभएको हो ।
झन्डै २० बर्षदेखि पत्रकारिता क्षेत्रमा क्रियाशिल रहि कान्तिपुर टेलिभिजनमार्फत सामाजिक रूपान्तरणमा योगदान पुर्याएको भन्दै उहाँलाई पुरस्कृत गरिएको छ । अनवरण रूपमा पत्रकारिता कर्ममा क्रियाशिल रहि पत्रकारिता पेसा निभाउँदै आउनुभएको निष्ठा र समर्पणबाट समाजमा महत्वपुर्ण योगदान पुगेकोले पन्तलाई पुरस्कृत गरिएको नेपाल पत्रकार महासंघ बागलुङका अध्यक्ष राम थापाले बताउनुभयो ।
पुरस्कृत पन्तलाई नेपाल पत्रकार महासंघका केन्द्रीय अध्यक्ष निर्मला शर्मा र पुरस्कारका संरक्षक पिम्ला गौतमले नगद रू २० हजार रूपैयाँ नगद, प्रमाण पत्र प्रदान गर्नुभएको थियो ।
नन्द-हरि सिर्जनशील पत्रकारिता पुरस्कारबाट पन्तसहित अन्य दुई पत्रकारसमेत पुरस्कृत भएका छन् । पुरस्कृत हुने पत्रकारमा २०८२ बाट कान्तिपुर टेलिभिजनका संवाददाता पन्त, २०८१ बाट रासस संवाददाता तारानाथ आचार्य र २०८० बाट कान्तिपुर दैनिकका प्रकाश बराल रहनुभएको छ ।
नेपाल पत्रकार महसंघका पूर्व केन्द्रीय सदस्य तथा बागलुङ शाखाका पूर्व अध्यक्ष हरिनारायण गौतम र उहाँको परिवारद्वा रा आफ्ना दिवङगत मातापिताको स्मृतिमा पुरस्कार कोषको स्थापना गर्नुभएको थियो ।