जुम्लाको संघीय खानेपानी कार्यालयमा राजनीतिक दलको ताला

असार २९, २०८२ |कान्तिपुर टीभी संवाददाता
जुम्लाको संघीय खानेपानी कार्यालयमा राजनीतिक दलको ताला

जुम्ला । जुम्लास्थित संघीय खानेपानी तथा ढल निकास व्यवस्थापन कार्यालयमा स्थानीय राजनीतिक दलहरुले तालाबन्दी गरेका छन् ।

 गत असार २३ गतेको मन्त्रीस्तरीय निर्णयले जुम्लास्थित खानेपानी कार्यालय खारेज गरेपछि पुनर्स्थापनाको माग गर्दै दलहरुले कार्यालयमा ताला लगाएका हुन् ।

जुम्लास्थित नेपाली कांग्रेस, एमाले, माओवादी केन्द्र र राष्ट्रिय प्रजातन्त्र पार्टीका पदाधिकारीको बैठकले संघीय खानेपानी कार्यालय यथासिघ्र जुम्लामै रहनुपर्ने माग गरेको छ । कार्यालय खारेजीले २० भन्दा धेरै आयोजनाहरु अलपत्र परेका छन् । जुम्लाको एकमात्र गौरबको आयोजना धौलीगाड खानेपानी आयोजनाको काम पनि अन्योलमा परेको छ । 


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.