छाउपडी गोठमा सर्पदंशबाट एक महिलाको मृत्यु

असार २९, २०८२ |हरिश्चन्द्र बाग
छाउपडी गोठमा सर्पदंशबाट एक महिलाको मृत्यु

कञ्चनपुर । कञ्चनपुरमा छाउपडी गोठमा सर्पदंशबाट एक महिलाको मृत्यु भएको छ ।

कञ्चनपुरको कृष्णपुर नगरपालिका-१ निगालीमा छाउ गोठमा सुत्न लागेकी २८ वर्षीया कमला दमाईको हिजो राति सर्पदंशबाट ज्यान गएको हो । 

राति करिब ८ बजेको समयमा करेत जातको विषालु सर्पले डसेपछि कमलालाई उपचारका लागि कैलालीको धनगढीस्थित सेती प्रादेशिक अस्पताल लगिएको थियो । उपचारकै क्रममा कमलाको मृत्यु भएको हो । 

स्थानीय सुचित्र सिंहकाअनुसार कमला छिमेकीको घरछेउको छाउगोठमा सुत्न जानुभएको थियो । उहाँ दुई महिनाअघि मात्रै भारतबाट घर फर्किनुभएको थियो । परिवारको पक्की घर भए पनि अन्धविश्वास र गलत सामाजिक परम्पराका कारण छाउ गोठमा बस्न बाध्य भएको बताइएको छ । 


Image

हरिश्चन्द्र बाग

बाग कान्तिपुर टेलिभिजनका कञ्चनपुर संवाददाता हुन् ।