काठमाडौं । पुस २६ गते भारतीय ट्रकले ठक्कर दिँदा भासिएको पूर्वी नवलपरासीको दुम्किबास स्थित विनयी खोलामा नयाँ पुल बनाएर यातायात सञ्चालन सुरू भएको छ ।
नारायणगढ बुटवल सडक विस्तारअन्तर्गत पुराना पुल भएका स्थानमा नयाँ पुल बनेकाले यसैबाट यातायता सुचारू गरिएको हो । पुरानो पुल मर्मतमा समय लाग्ने आयोजनाका इन्जिनियर ईश्वरबहादुर रिजालले बताउनुभयो ।
पुल सञ्चालनमा नआउँदा डाइभर्सन र वैकल्पिक मार्गबाट यातायात सञ्चालन गर्नु परेको थियो । विनयी खोलामा आएको बाढीले नौं पटकसम्म डाइभर्सन बगाएपछि यो सडक खण्डमा पानी पर्नासाथ यातायात बन्द हुने गरेको थियो ।
नयाँ पुलको भारबहन क्षमता ४० टन छ । यस्तै मध्यबिन्दु नरगपालिका चोरमारास्थित गिरुवारी खोलाको पुल पनि मर्मतपछि सञ्चालनमा आएको छ । डाइभर्सनबाट यातायात सञ्चालन गर्ने बाध्यता हटेपछि अब दाउन्ने बाहेकको खण्डमा कष्टकर यात्रा केही कम हुने अपेक्षा गरिएको छ ।