रौतहट । सिँचाइका लागि आफ्नै खेतमा मोटरबाट पानी हाल्ने क्रममा करेन्ट लागेर एक युवकको मृत्यु भएको हो ।
रौतहटको फतुवा विजयपुर-२ शितलपुरमा बिहिबार बिहान करेन्ट लागेर एक युवकको मृत्यु भएको हो । स्थानीय ३० वर्षीय रोहित साह सोनार आफ्नै खेतमा सिँचाइका लागि मोटरबाट पानी हाल्ने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएका थिए।
घाइते साहलाई उपचारका लागि प्रादेशिक अस्पताल कलैया बारा लगिएको थियो। तर, उपचारकै क्रममा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता दीपक कुमार रायले बताउनुभयो ।
मृतकको शव हाल प्रादेशिक अस्पताल, कलैयामै राखिएको छ भने प्रहरीले थप अनुसन्धान अघि बढाइएको प्रवक्ता रायले बताउनुभयो । त्यस्तै जिल्लाको कटहरिया नगरपालिका-८ पोखरिया बस्ने रामपुकार यादवकी छोरी १४ वर्षीया रोशनी कुमारी यादवको करेन्ट लागेर बुधबार राति मृत्यु भएको थियो।