सल्यानमा फोर्स गाडी दुर्घटना हुँदा १५ जना घाइते

श्रावण ८, २०८२ |सरिता चलाउने
सल्यानमा फोर्स गाडी दुर्घटना हुँदा १५ जना घाइते

सल्यान । सल्यानमा फोर्स गाडी दुर्घटना हुँदा १४ जना घाइते भएका छन् । बाँकेको नेपालगन्जबाट रूकुम पश्चिमको चौरजहारी जाँदै गरेको फोर्स गाडी सल्यानको कुमाख गाउँपालिका वडा नम्बर २ नेटा नजिकै बराही ज्यूलामा दुर्घटना हुँदा १४ जना घाइते भएका हुन् । 

जिल्ला प्रहरी कार्यालय सल्यानकाअनुसार बिहिबार दिउँसो भे १ ख ३९९४ नम्बरको गाडी दुर्घटना हुँदा चालकसहित १४ जना घाइते भएको छ । जसमध्ये ७ जना गम्भीर घाइते भएका छन् । गाडी माथिल्लो घुम्तीबाट तल्लो घुम्तीमा करिब ५० मिटर तल खसेको प्रहरी प्रमुख डाक्टर हेम केसीले बताउनु भयो ।

फोर्स गाडी दुर्घटनामा परि घाइते हुनेमा चालक कुमाख गाउँपालिका ४ घर भएका वर्ष २७ का पारस आचार्य, ३६ का भुपेन्द्र बस्नेत, ६३ का टीकाराम आचार्य, वर्ष ३२ की दीपा बुढाथोकी, नीजकी छोरी वर्ष ६ की कोपिला बुढा, वर्ष १६ का ईन्द्र रावत, वर्ष २६ का डोले बस्नेत, ३५ की निर्मला बुढाथोकी, १० की जेनिसा राना, वर्ष ७ का महेन्द्र बस्नेत, वर्ष ६२ का कालि हमाल र सुर्खेत जिल्ला भेरीगंगा नगरपालिका ९ का बवर्ष ३१ की तुलसा सुनार रहेका छन् ।

दुर्घटनामा परेर चालक आचार्य र एक जना गम्भीर घाइते र अरू सबैको अवस्था मध्यम रहेको प्रनाउ केसीले जानकारी गराउनु भयो । उहाँकाअनुसार सबै घाइतेलाई स्थानीय तथा सुरक्षाकर्मीको सहयोगमा उद्धार गरेर उपचारको लागि नेपालगन्ज पठाइएको छ । 

फोर्स गाडी अनियन्त्रित भएर दुर्घटनामा परेको र सडकदेखि २५ मिटर तल खसेको उहाँको भनाइ छ ।


Image

सरिता चलाउने

चलाउने कान्तिपुर टेलिभिजन सल्यान संवाददाता हुन् ।